News Portal

सरकारी कामकाजमा लिम्बु भाषा प्रयोग गरिने

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२२२ पटक
काठमाडौं

कार्तिक २९, इलाम — माङसेबुङ गाउँपालिकामा लिम्बु भाषालाई सरकारी कामकाजी भाषाका रुपमा प्रयोग गरिने भएको छ ।

मुलुककै पहिलोपटक उक्त गाउँपालिकाको एउटा वडामा लिम्बु भाषालाई सरकारी कामकाजमा प्रयोग गर्न लागिएको हो ।

संविधानले स्थानीय भाषालाईसमेत कामकाजी भाषाका रुपमा प्रयोग गर्न पाउने अधिकार स्थानीय सरकारलाई दिएकाले यस्तो निर्णय गरिएको छ ।

लिम्बु बाहुल्य माङसेबुङ ५ मा वडा समिति आयोजनामा विभिन्न राजनीतिक दलका प्रतिनिधि, बुद्धिजीवी र संघसंस्थाको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।, आजको कान्तिपुरदैनिकमा यो खबर छ ।

२०७५ कात्तिक २९ गते प्रकाशित

प्रतिकृया दिनुहोस्