News Portal

हरिबिजोक बन्दै कोशीपारीको सडक, ठेकेदार भन्छन : बिजनेस हो घाटा खाएर कसैले काम गर्दैन

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
५२१ पटक
काठमाडौं

कार्तिक २९, काभ्रे – यतिबेला काभ्रे कोशीपारीको सडक हरिबिजोक भएको छ । काभ्रेको दोलालघाटदेखि पुरानो बाटो भुम्लु सम्म पिच गरिएको थियो । गत छ महिनाअघि गरिएको सडक पिच यतिबेला उक्किसकेको देखिन्छ ।

भिडियो हेर्नुहोस

सामाजिक संजालमा उक्किएको तस्बिरहरु केहि महिना अघि भाइरल बनेको थियो । ठेकेदारको चरम लापरबाहीका कारण यस क्षेत्रमा गरिएको कालो पत्रे उक्किएको अनुमान गरिएको छ । ठेकेदार अमृत गौतमलाई पत्रकार दिनेश डिजिले प्रश्न गर्दा अच्चम्म लाग्ने जवाफ दिएका थिए ।

यो हाम्रो बिजनेस हो बिजनेसमा घाटा कसैले खादैन्न´ गएर उजुरी गर्नुहोस, यस्तो जवाफ लेखेका थिए ।

व्यवस्थित सडक नहुँदा कोशीपारी दुईवटा गाउँपालिकाका जनताले कष्टकर जीवन विताउदै आएकोमा सडक पिच हुन थालेपछि खुशी देखिन्थे । तर पिच गरेको एक महिना नवित्दै यसरी कालोपत्रे उप्किएपछि स्थानीय निराश भएका छन् । ‘बल्ला तल्ला कालोपत्रे भएको, अब त राम्रो भो भन्ठानेको एक महिना नवित्दै उप्कियो । पत्रकार दिनेश डिजिले आफ्नो फेसबुक पेजमा उक्त तस्बिर राख्दै दु:ख मानेका थिए । ठेकेदार तथा प्रतिनिधि, प्रमुखहरूलाई समेत गाली गरिएको थियो ।

हेर्नुहोस केहि महिना अघिको सडक अबस्था

पत्रकार दिनेशले ठेकेदार अमृत गौतमलाइ प्रश्न गर्दा के उत्तर दिएका थिए हेरौं एकपटक ।

यति बेला स्थानिय निकाय पी मौन बसेको देखिन्छ । जनताको आखामा छारो हाल्ने कम गरेको भन्दै स्थानीयहरू आक्रोसित छन । हेरौ यो भिडियो पनि

जनताको एक एक थोपा पसिना बगाएर तिरेको कर यतिबेला स्वाहा भएको छ । यस बिषयमा स्थानिय पत्रकार क्रान्ति दोङले पनि खुलेर बिरोध गरेका छन ।

२०७५ कात्तिक २९ गते प्रकाशित

प्रतिकृया दिनुहोस्