मोटिभेटन्यूज संवाददाताकाठमाडौं

भदौ ४, काठमाडौँ – फ्रान्सका लागि नेपालका पूर्व राजदूत केशव झा काठमाडौँको बबरमहलस्थित आफ्नै निवासमा मृत्त अवस्थामा फेला परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी वसन्त लामाका अनुसार झा सोमबार बिहान आफ्नै कोठामा घाँटी रेटिएको अवस्थामा फेला परेका हुन् ।
प्रहरीका अनुसार झा बसेको कोठाको ढोका बिहानसम्म नखुलेपछि परिवारले प्रहरीलाई खबर गरेको थियो । प्रहरी पुगेर त्यहाँको ढोका खोल्दा झा मृत्त अवस्थामा फेला परेका थिए । उनीसँगै एउटा चक्कु पनि फेला परेको छ । करीब ८० वर्षीय झा आफ्नो पत्नी र सहयोगीसँग बस्दै आएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको लामाले बताए । परराष्ट्र सेवामा ३४ वर्ष बिताएका झा फ्रान्समा नेपालका तर्फबाट ‘चिफ अफ प्रोटोकल’ राजदूत हुने पहिलो व्यक्ति हुन् ।
२०७५ भदौ ४ गते प्रकाशित
