
भदौ ४,काठमाडौँ – प्रहरीले संगठित अपराधमा संलग्न रहेको आरोपमा नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वका नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्मा(प्रकाण्ड)लाई पक्राउ गरेको मुद्दा चलाएको प्रति नयाँ शक्ति पार्टिका संयोजक डाक्टर बाबुराम भट्टराइले आपत्ति प्रकट गरेका छन्। उनले ट्विटर मार्फत ट्विट गर्दै बिप्लवले नेतृत्व गरेको नेकपाको कार्यदिशावारे मतभेद हुनसक्छ।तर त्यो एउटा राजनीतिक शक्ति हो भन्ने कसैले नकार्न सक्दैन।त्यस सन्दर्भमा त्यो पार्टीका केन्द्रीय नेताहरू प्रकाण्ड,जीवन्त,गम्भीरलाई अराजनीतिक आरोपमा मुद्दा लगाउनु हास्यास्पद छ।उनीहरूसंग सरकारले राजनीतिक व्यवहार गरोस् ! भन्दै ट्विट गरेका छन्।
प्रकाण्डलाई गत वैशाख १ गते काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका–६ चौकीडाँडास्थित ब्लु साइन क्रसर उद्योगमा आगजनी गरेको कार्यमा संलग्न रहेको आरोपमा पक्राउ गरिएको छ ।
चन्दा असुलीको आरोपमा पक्राउ गरिएका कालिकोट जिल्ला नरहरिनाथ गाउँपालिका–६ घर भएका नेता प्रकाण्डलाई प्रहरीले शुक्रबार बेलुका सर्वाेच्च अदालत परिसरबाटै प्रहरीले पुन पक्राउ गरी काभ्रेपलाञ्चोक जिल्ला प्रहरी कार्यालय धुलिखेलमा लगेको हो। यसअघि सोही घटनामा संलग्न रहेको आरोपमा प्रहरीले विप्लव नेतृत्वको पार्टी नेकपाका केन्द्रीय सदस्यद्वय वीरेन्द्रनगर नगरपालिका–२० का कृष्ण धमला (गम्भीर) र धादिङ जिल्ला निलकण्ठ नगरपालिका–३ का मोहन कार्की (जीवन्त) लाई पक्राउ गरी काभ्रेपलाञ्चोक जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
बिप्लवले नेतृत्व गरेको नेकपाको कार्यदिशावारे मतभेद हुनसक्छ।तर त्यो एउटा राजनीतिक शक्ति हो भन्ने कसैले नकार्न सक्दैन।त्यस सन्दर्भमा त्यो पार्टीका केन्द्रीय नेताहरू प्रकाण्ड,जीवन्त,गम्भीरलाई अराजनीतिक आरोपमा मुद्दा लगाउनु हास्यास्पद छ।उनीहरूसंग सरकारले राजनीतिक व्यवहार गरोस्! pic.twitter.com/9czQVReeXH
— Baburam Bhattarai (@brb1954) August 20, 2018
२०७५ भदौ ४ गते प्रकाशित
