News Portal

७ वर्षीया बालिका बलात्कारको आरोपमा एक भारतीय युवा पक्राउ

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
१६६ पटक
काठमाडौं

कार्तिक ३०, पाल्पा – ७ वर्षीया बालिका बलात्कारको आरोपमा पाल्पामा एक भारतीय युवा पक्राउ परेका छन् ।

रामपुर नगरपालिकाकी ७ वर्षीया बालिकालाई  बलात्कार गरेको अभियोगमा बेतिया जिल्ला भारत घर भइ रामपुर–४ भिमसेन टोलमा बसेर काम गर्दै आएका २२ वर्षीय कौशर मियालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

बिहिबार दिउँसो बालिकालाई  बलात्कार गरी भागेको अवस्थामा इलाका प्रहरी कार्यालय रामपुरले रामपुर क्षेत्रबाटै उनलाई पक्राउ गरेको हो ।

२०७५ कात्तिक ३० गते प्रकाशित

प्रतिकृया दिनुहोस्