News Portal

नेपाल प्रहरीले गल्ती दोहोर्‍याउँदैन,नागरिकको सेवामा मन, बचन र कर्मले समर्पित हुन्छ : महानिरीक्षक खनाल

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
१८० पटक
काठमाडौं

कार्तिक ३०, काठमाडौं – प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरीले विगतमा गरिएका गल्ती नदोहोर्‍याउने प्रतिवद्धता व्यक्त गरेका छन्  ।

प्रहरी महानिरीक्षक खनालले राष्ट्र र नागरिकको सेवामा मन, बचन र कर्मले समर्पित हुने प्रण समेत गरे । ‘नागरिक–प्रहरी जनचेतनामूलक गीत’ को शुक्रबार काठमाडौंमा एक कार्यक्रमका बीच लोकार्पण गर्दै उनले इमान्दारिताका साथ देश र नागरिकको सेवामा लागिरहन नागरिक समाजका अगुवाहरुले नेपाल प्रहरीलाई उत्साहित बनाउने काम गरिरहेको पनि स्मरण गराए  ।

गायक विजयनारायण मानन्धरको स्वरमा सजिएको त्यो गीतको रचना रमेशचन्द्र अधिकारीले गर्नु भएको छ भने संगीत भूपेन्द्र रायमाझीको रहेको छ ।

प्रहरी महानिरीक्षक खनालले गीतले समाजमा शान्ति सुरक्षा कायम गर्न र अपराध नियन्त्रणका लागि प्रहरीहरुलाई झनै उत्साहका साथ काम गर्न प्रेरित गर्ने विश्वास पनि व्यक्त गरे  । त्यस अवसरमा उनले अपराध नियन्त्रणका लागि नेपाल प्रहरीलाई आवश्यक साथ दिन पनि नागरिक समाजसँग पुनः आह्वान गरे  ।

२०७५ कात्तिक ३० गते प्रकाशित

प्रतिकृया दिनुहोस्