News Portal

संरक्षित वन्यजन्तुका दाह्रा सहित ६ जना पक्राउ

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२५५ पटक
काठमाडौं

कार्तिक ३०, काठमाडौं – गोकर्णेश्वर नगरपालिका-६ जोरपाटी, नारायणटारबाट अवैधरुपमा ल्याएको संरक्षित वन्यजन्तुको दाह्रा ७ थान सहित ६ जनालाई बिहीबार केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दोलखा गौरीशंकर गाँउपालिका-९ का २८ वर्षीय नुर्बु शेर्पा, मकवानपुर भिमफेदी गाँउपालिका-१ का ३८ वर्षीय देवलाल मोक्तान, मकवानपुर, बकैया गाँउपालिका- १२ बस्ने २७ वर्षीय दिपक लामा, सोही ठाउँ बस्ने ४० वर्षीय गोकुल घले, सिन्धुपाल्चोक ईन्द्रावती गाँउपालिका-२ बस्ने ३२ वर्षीय रबि लामा र नुवाकोट साविक मनकामना गाविस-१ बस्ने २८ वर्षीय सुब्बा तामाङ रहेका छन् । खरिद बिक्री गर्न ओसारपसार गरी ल्याएको उक्त दाह्रा सहित उनीहरुलाई आवश्यक कारवाहीको लागि प्रहरीले डिभिजन बन कार्यालय काठमडौंमा बुझाएको छ ।

२०७५ कात्तिक ३० गते प्रकाशित

प्रतिकृया दिनुहोस्