News Portal

संसदीय व्यवस्थाकाे बिकल्पमा चर्किदै बहस

 जन्मदेव जैसीकाठमाडौं
२५८ पटक
काठमाडौं

काठमाडौं – वर्तमान राजनीतिक व्यवस्था र मानवअधिकारकाे विषयय अन्तर्कियामा संसदीय व्यवस्था विकल्पबारे चर्काे बहस भयाे । जनाधिकार अभियान नेपालकाे शुक्रबारकाे अायाेजनामा भएकाे बहस कार्यक्रममा अधिकांश वक्ताहरु भन्दै थिए, “संसदीय व्यवस्थाले देश र जनतालाई निराश बनायाे ।” वरिष्ठ पत्रकार एवं स्तम्भकार नरेन्द्रजंग पिटरका शब्दमा व्यवस्था सुदृढका लागि जनताले सडक तताउने तर व्यवस्थामा पुगेपछि नेताहरुकाे चरित्र नफेरिदा सिङ्गाे मुलुक फ्रस्टेशनमा छ ।

कार्यक्रमका अायाेजककर्ता वरिष्ठ अधिवक्ता एकराज भण्डारीले संसदीय व्यवस्थाविरुद्ध जनताले रगत बगाएपनि उहीँ व्यवस्था जनताकाे थाप्लाेमा थुपारेर असफलसिद्ध व्यवस्थाकाे विकल्पमा साेच्नुपर्याे भन्दै बहस थालेका थिए । “जनअान्दाेलनमा कर्फ्यु ताेडियाे, अहिले राजतन्त्रकाे ठाउँमा छाेटे राजाहरु जन्मिएका छन्, याे (संसदीय) व्यवस्था पुनः असफल भयाे” डा. सुन्दरमणी दीक्षितले यसरी बाेलेर बहसलाई अझ चर्काईदिए । मुख्यतः नागरिक अधिकार खाेसिएकाे र सत्ताधारीहरु जनादेशकाे मर्म अनुसार हैन, सार्वभाैमसत्ताकाे शब्द संविधानमा राखेर अाफ्नाे अादेशमा शासन गर्ने संसदीय व्यवस्थाकाे विकल्प खाेज्नुपर्ने भन्दै वक्ताहरुले अहिलेकाे व्यवस्थाप्रति तिव्र असन्तुष्टि व्यक्त गरे । कांग्रेस नेता रमेश लेखकले भने असफल भईसकेकाे संसदीय व्यवस्थाकाे थाेरै बचाउ गरे ।

यद्यपि उनी अाफुचाही याे व्यवस्थाप्रति भने सन्तुष्टि छैनन् । नागरिक अगुवा डा. दीक्षितले मन्तव्य सक्नेबेला उत्तेजित हुँदै संसदवादकाे विकल्पमा राष्टपतीय प्रणाली चाहिन्छ भनेर बाहिरिएलगत्तै वरिष्ठ अधिवक्ता शम्भु थापाले भने, “राष्ट्रपतीय प्रणाली भएका मुलुकहरुकाे उदाहरण दिदै मुख्य कुरा व्यवस्था हैन, सामाजिकवाद र ऐेतिहासिकवादमा ध्यान दिनुपर्छ ।” वरिष्ठ पत्रकार पिटरलाई उदृत गर्दै अधिवक्ता शम्भु थापाले भने, सडक खाली भाे अाउनुस् त भन्नुभयाे, तर यहाँ विश्वासकाे संकट छ, हामीले उठाएका मुद्दाहरु जहाँका त्यही छन्, निकास दिनुपर्नेमा धाेका मात्र हुन्छ ।कार्यक्रममा अरु वक्ताहरुले नागरिक अधिकार खाेसिनु र मानवअधिकार कमजाेर हुँदै जानू, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउनु भनेकाे व्यवस्थाकै दाेष हाे ।

संसदीय व्यवस्थाले मानवअधिकारवादी, नागरिक अगुवा, सञ्चारकर्मी सबैलाई दिक्क पारेकाे रहेछ भन्ने शुक्रबारकाे अन्तर्क्रिया कार्यक्रमले स्पष्ट गर्याे । कार्यक्रममा राष्ट्रिय मानव अधिकार अायाेगका माननीय सदस्य सुदिप पाठक, नेपाल पत्रकार महासंघका पुर्व सचिव प्रभात चलाउने, वरिष्ठ अधिवक्ता युवराज संग्राैलाकाे मन्तव्य पनि सार्गर्भिक नै थियाे । कार्यक्रममा वरिष्ठ पत्रकार/सञ्चारकर्मी, नागरिक समाजलगायतकाे बाक्लाे उपस्थिति थियाे ।

२०७५ मंसीर १ गते प्रकाशित

प्रतिकृया दिनुहोस्