मोटिभेटन्यूज संवाददाताकाठमाडौं

मङ्सिर १ काठमाडौं– सरकारले गत आर्थिक वर्ष (आव) २०७३/७४ मा सबैभन्दा बढी कर तिर्ने करदातालाई सम्मान गरेको छ। सातौं राष्ट्रिय कर दिवसका अवसरमा अर्थमन्त्री डा युवराज खतिवडाले उत्कृष्ट १५ करदातालाई सम्मान गरेका हुन्।
आन्तरिक राजस्व विभागले हरेक वर्ष उत्कृष्ट करदातालाई सम्मान गर्दै आएको छ। सोही मेसोमा उक्त आवमा सबैभन्दा बढी कर तिर्ने करदातालाई पनि सम्मान गरिएको हो।
आव ०७३/७४ मा सबैभन्दा बढी कर सूर्य नेपाल प्रालिले तिरेको छ। त्यस्तै, व्यक्तिगत आयकरमा सबैभन्दा बढी तिर्नेमा सिद्धार्थ शमशेर जबरा छन्।
हेर्नुस् सबैभन्दा बढी कर तिर्ने करदाता-
२०७५ मंसीर १ गते प्रकाशित
