News Portal

रामेछापकाे उमाकुण्डमा कृषि महाेत्सव हुँदै 

ज्ञानु श्रेष्ठ काठमाडौं
३४२ पटक
काठमाडौं

मङ्सिर १, रामेछाप – रामेछापको उमाकुण्ड ७ भुजिमा मंसिर १६ देखि २१ गतेसम्म कृषि मेला हुने भएकाे छ । कृषि श्रेत्रकाे प्रबर्द्धन र कृषि प्रणालीमा अाधुनिकरण गरि कृषिलाइ व्यबसायिकीकरण गर्ने उद्देश्यका साथ हुन लागेकाे कुषि महाेत्सवमा जिल्लाकाे सम्पुर्ण किसिमकाे कृषि उत्पादनलाइ महाेत्सवमा प्रदर्शन गरिनेछ । महाेत्सवमा विभिन्न स्थानिय खानाकाे परिकार, कृषि तथा पशु प्रदर्शन ,अाधुनिक डुंगा, कृषि वृतचित्र ,कृषक तथा कृषि विज्ञबिचकाे संवाद ,किसान सम्मान साथै विभिन्न राष्ट्रिय कलाकारहरुकाे सांस्कृतिक  कार्यक्रम रहने छ ।

राजेश पशुपालन विकास फार्म र अन्जना कृषि तथा पशुपालनकाे संयुक्त अायाेजना तथा उमाकुण्ड गाउँपालिका , वडाकार्यलयहरु, विभिन्न संघ संस्था , कृषि फार्महरु , ब्यबसायिहरु लगाएकाे सहयाेगमा हुन लागेकाे उमाकुण्ड कृषि महाेत्सव हुन लागेकाे हाे । जिल्लामा यश अघि पनि पटक -पटक कृषि विकास कार्यलयकाे मातहतमा सामान्य कृषि प्रदर्शन गरेता पनि जिल्ला स्तरीय कृषि महाेत्सब भने याे पहिलाे पटक हुन लागेकाे छ । महाेत्सवकाे तयारी साउनदेखि सुरु गरिएकाे हाे, भने महाेत्सवका २५ लाख बराबरकाे खर्च लाग्ने अनुमान गरिएकाे अायाेजक गरेकाे छ ।

महाेत्सवकाे अवलाेकन २ लाख भन्दा बढिले गर्ने अपेक्षा रहेकाे छ । एक कराेड बराबरकाे ब्यापार हुने अनुमान पनि अायाेजकले गरेकाे महाेत्सवका संयाेजक राजेश बराईलीले अाज रामेछाप सदरमुकाम मन्थलिमा पत्रकार भेटघाटमा जानकारी दिए ।

२०७५ मंसीर १ गते प्रकाशित

प्रतिकृया दिनुहोस्