News Portal

आजको राशिफल

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
५०५ पटक
काठमाडौं

 

मङ्सिर २, काठमाडाैं – पञ्चाङ्ग, वि.सं. २०७५ साल मंसिर २ गते। आइतबार। इश्वी सन् २०१८ नोभेम्बर १८ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। नेपाल संवत् ११३९ कछलाथ्व। कार्तिक शुक्लपक्ष। तिथि– दशमी, १०:४९ बजेउप्रान्त एकादशी। नक्षत्र– पूर्वभाद्रपदा, १४:५७ बजेउप्रान्त उत्तरभाद्रपदा। योग– हर्षण, १८:२७ बजेउप्रान्त वज्र। करण– गर, १०:४९ बजेदेखि वणिज, २३:२८ बजेउप्रान्त भद्रा। आनन्दादिमा चर योग। चन्द्रराशि– कुम्भ, ८:२८ बजेउप्रान्त मीन। काठमाडौंमा सूर्योदय– ६:२८ बजे, सूर्यास्त– १७:०९ बजे र दिनमान २६ घडी ४२ पला। पञ्चक। वलम्बु महालक्ष्मी यात्रा। धादिङमा गंगा-जमुना मेला। सर्वार्थसिद्धि योग १४:५७ देखि २३:२८ बजेसम्म।

मेष– प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । विभिन्न सहयोग र उपहार पाइनेछ ।

वृष– सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्, परिवारजनको साथले नयाँ आशा पलाउनेछ ।

मिथुन– मुख्य काममा बाधा हुने देखिन्छ । सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहनेछ ।

कर्कट– समस्याप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ । आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन् ।

सिंह– लाभ हुने काम प्रारम्भ गर्ने समय छ । साझेदारीमा राम्रो फाइदा हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन् ।

कन्या– बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना छ ।

तुला– सवारीमा सावधानी अपनाउनुहोला । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ । प्ुारानो रोगले पनि सताउन सक्छ ।

वृश्चिक– व्यावसायिक काममा खर्च बढ्नेछ, अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । तापनि, सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ ।

धनु– आज आयआर्जन राम्रै हुनेछ । अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । स्वास्थ्यमा ध्यान पुर्याउनुहोला ।

मकर– पढाइलेखाइमा समय दिन नसकिएला सहयोगीहरूको भरपर्दा सबै काम नबन्न सक्छन, तर पनि वित्तादि लाभ हुने देखिन्छ ।

कुम्भ– स्वास्थ्य कमजोर रहनाले काम सम्पादन गर्न नसकिएला । समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्छ ।

मीन– व्यापारब्याबसायमा बढी नै फाइदा हुने समय छ । आम्दानी बढढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् ।

02 गते बिशेष काम गर्ने राम्रो समय बिहान 09:30 देखि 10:30 सम्म छ, यो समय चन्द्र होराको हो / अनि केहि समय लाभ बेला पनि पर्छ । ज्योतिष शास्त्रमा यी चन्द्र होरा, लाभ बेला शुभ कामका लागि धेरै नै राम्रो मानिन्छन /

02 गते राहु काल बेलुका 3:46 देखि 05:06 सम्म छ । यो समयमा बिशेष सावधानी अपनाउनु होला । राहु कालमा सुरु गरिएका पूजा पाठ आदि, शुभकामले कुनै फल दिदैन र व्यवशाहिक वा सामाजिक कामले पछी सम्म बाधा दिन्छ, मुद्दा मामिला हुन सक्छ, विवाद उत्पन्न हुन सक्छ भनि ज्योतिष शास्त्रमा बताईएको छ /

02 गते रसीलो बस्तु, धिउ यी वा बाट बनेका खाने कुरा खाएमा दिमाग सृजनशील बन्छ, गर्भवती महिलाको सन्तान तन्दुरुस्त जन्मन्छ, यात्रामा गए यात्रामा हुने शूलको दोष कम हुन्छ । शूल भनेको तपाई आज यात्रामा जाने दिशा पट्टि कुनै दुर्घटनाको सम्भावना भएमा त्यो शूल संग सम्बन्धित दोष रहदैन सोचेको राम्रो काम अवस्य बन्नेछ /

02 गते कुनै बिशेष यात्रामा निस्कदा केहि Pashchim Wa Dakshin दिशाबाट यात्रा सुरु गर्नु भए राम्रो हुनेछ । घरबाट केहि बेर त्यो दिशा जानु त्यहाँ मन्दिर भए दाहिने परिक्रमा गर्नु अनि यात्रामा जानु त्यो नभए पूजित बिरुवा तुलसी, बर पिपल वा अन्य कुनै बिरुवामा पनि हाल्नु अनि यात्रामा जानु त्यो नभए माग्ने मान्छे वा साना केटाकेटीलाई केहि खानेकुरा खान दिएर खुशी बनाइ यात्रामा जान सके यात्रामा हुने अपशकुनहरु जस्तै बिरालोले बाटो काट्नु, जुत्ता चप्पल उल्टा देखिनु आदी कुराको दोष कम हुन्छ यात्रा अवस्य सफल हुनेछ ।

02 गते साहित जुरेका कामहरु पशू–कपडा किनबेच, औषधी निर्वाण, मानिक सुन–तामा–रातो बस्तुको काम, सरकारी काम, मोह भङ्ग, ‐मोहिनी फुकाउने काम, मोहिनी, मारण ‐किरा, उपिया आदि मार्ने काम, विष प्रयोगका काम आगोको काम, बिगार्ने भत्काउने काम, हतियार प्रयोगको काम आज गरे राम्रो ।

हाम्रा सेवा सुविधाका बारेमा बुझ्न 9841405073 मा सम्पर्क गर्नु हाेला ।
ज्याेतिष विज्ञान अनुसन्धान केन्द्र, काठमाडाैं

२०७५ मंसीर २ गते प्रकाशित

प्रतिकृया दिनुहोस्