News Portal

नेविसंघको लफडा मिलाउन निकै सकस, नेतृत्वसमेत विभाजित आज पुनः बैठक बस्दै

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
५४३ पटक
काठमाडौं

मङ्सिर २, काठमाडौँ– नेपाली कांग्रेसलाई नेपाल विद्यार्थी संघ (नेविसंघ) को लफडा मिलाउन निकै सकस परेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

नेविसंघको महाधिवेशन प्रत्येक दुई वर्षमा हुनुपर्ने भए पनि आन्तरिक विवादका कारण महाधिवेशन नभएपछि झन् रडाको मच्चिएको छ ।

पार्टीले महाधिवेशनका लागि तीन महिना समय थप गरेको थियो । थप तीन महिनामा पनि महाधिवेशन हुने सकेन । फेरि म्याद थप्ने नथप्ने बारे शीर्ष नेताहरुबीच विवाद भयो ।

कांग्रेस शीर्ष नेताहरुबीच नेविसघ भंग गर्ने कि यही कार्यसमितिलाई तदर्थ समिति बनाएर अधिवेशनको वातावारण बनाउने भन्ने बारे शनिबार रातिसम्म सहमति हुन नसकेपछि आइतबार (आज) दिउँसो २ बजेका लागि अर्को बैठक आह्वान गरिएको छ

२०७५ मंसीर २ गते प्रकाशित

प्रतिकृया दिनुहोस्