News Portal

प्रहरीलाई घुस दिन खोज्ने ट्याक्सीका चालक पक्राउ

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२३६ पटक
काठमाडौं

मंसिर २, काठमाडौं  – नागार्जुन नगरपालिका – ९ स्थित सडकबाट प्रहरीलाई घुस दिन खोज्ने बा.२ ज ४१३९ नम्बरको ट्याक्सीका चालक काभ्रे   सिमथली – ८ का २७  वर्षीय दिपक के.सी लाई शनिबार बेलुका प्रहरीले पक्राउ  गरेको छ ।

सोही ठाउँस्थित खटिएको प्रहरीले उक्त ट्याक्सी जाँच गर्न क्रममा मादक पदार्थ सेवन गरी सवारी चलाएको अवस्थामा फेला पारी पक्राउ गर्न खोज्दा चालक दिपकले प्रहरीलाई २ हजार रुपैयाँ घुस दिन खोजेकाले उनलाई प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

२०७५ मंसीर २ गते प्रकाशित

प्रतिकृया दिनुहोस्