News Portal

देशका लागि राम्रो काम गरे मात्र प्रकाशलाई सच्चा श्रद्धाञ्जली हुन्छ : प्रधानमन्त्री ओली

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
१६८ पटक
काठमाडौं

मङ्सिर ३, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले देशका लागि राम्रो काम गर्न सके मात्र प्रकाश दाहाललाई सच्चा श्रद्धाञ्जली हुने बताएका छन् । नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) निवास खुमलटारमा सोमबार बिहान आयोजित स्मृति सभालाई सम्बोधन गर्दै उनले उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट बालुवाटार आए पनि कुनै सार्वजनिक कार्यक्रममा बाहिर गएका थिएनन् ।

सोमबार पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागी भएका हुन् । ओलीले भने, ‘आज यस्तो दिनमा राजनीतिक कुरा गर्दिन, होनाहार र सक्षम छोरा गुमाउँदाको पीडालाई शक्तिमा बदल्नुभयो प्रचण्ड जीले । त्यो नै सबैभन्दा ठूलो कुरा हो, अब हामीले देशका लागि राम्रो काम गरेमा प्रकाशको सच्चा श्रद्धाञ्जली हुनेछ । ’ कार्यक्रममा बोल्दै क्रममा नेकपा अध्यक्षसमेत रहेका प्रचण्डले छोरा प्रकाश दाहालको निधनको बेला पार्टी सम्हाल्ने कि घर सम्हाल्ने भन्ने स्थिति आएको र सबैको सहयोगमा आफूले दुवै सम्हाल्न सकेको बताए ।

प्रकाश राजनीतिमा परिपक्व हुँदै गएको बेला असामयिक निधन भएको र त्यसबाट ठूलो क्षति पुगेको प्रचण्डले बताए । स्मृति कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, कांग्रेस सभापति शेरबहादुर देउवा, सभामुख कृष्णबहादुर महरा, मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मी, राजपा संयोजक महन्थ ठाकुर, राप्रपा अध्यक्ष कमल थापा लगायतका नेताहरुको उपस्थिति भए पनि प्रधानमन्त्री ओली र प्रचण्डले मात्र सम्बोधन गरेका थिए । प्रचण्ड पुत्र प्रकाशको गत वर्ष आजकै दिन हृदयघातका कारण आफ्नै निवास लाजिम्पाटमा निधन भएको थियो ।

२०७५ मंसीर ३ गते प्रकाशित

प्रतिकृया दिनुहोस्