News Portal

फोहोरको व्यवस्थापन गर्न अवरोध पुर्‍याउने जोकोहीलाई पनि कारबाही गर्ने मेयर शाक्यको चेतावनी

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२४५ पटक
काठमाडौं

मङ्सिर ३, काठमाडौं- काठमाडौं महानगरपालिकाले फोहोरमैला व्यवस्थापनको काममा अवरोध पुर्‍याउने कर्मचारीलाई कडा कारबाही गर्ने भएको छ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले फोहोरमैला व्यवस्थापनको काममा अवरोध पुर्‍याउने कर्मचारीलाई कारबाहीको चेतावनी दिए। सोमबार काठमाडौंको टेकुस्थित फोहोर व्यवस्थापन केन्द्रमा फोहोर व्यवस्थापनसम्बन्धी प्रविधि परीक्षण कार्यक्रममा सहभागी भएका उनले सञ्चारकर्मीमाझ ४० लाखभन्दा बढी मानिस बस्ने काठमाडौंमा फोहोरको व्यवस्थापन गर्न अवरोध पुर्‍याउने जोकोहीलाई पनि कारबाहीको दायरा ल्याउन सम्बन्धित निकायलाई सचेत पनि गराए।

काठमाडौंको फोहोर व्यवस्थापनका लागि सिसडोलको विकल्पबारे पनि छलफल भइरहेको उनको भनाइ छ। ‘सिसडोल नजिकै रहेको बञ्चरेडाँडामा फोहोर व्यवस्थापनका लागि आवश्यक छलफल भइरहेको छ,’ मेयर शाक्यले भने।

मेयर शाक्यले काठमाडौंको फोहोरमैला व्यवस्थापनसम्बन्धी तथ्यपरक समाचार सम्प्रेषण नगरेको भन्दै सञ्चारकर्मीप्रति असन्तुष्टि व्यक्त गरेका थिए।

२०७५ मंसीर ३ गते प्रकाशित

प्रतिकृया दिनुहोस्