News Portal

एसियाली खेलकुद : उसुकी निमाको नयाँ राष्ट्रिय कीर्तिमान, गौरीका हिट चरणबाटै बाहिरिइन्

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
४२५ पटक
काठमाडौं

भदौ ४, काठमाडौं – निमा घर्ती मगरले नेपाली उसुको थाउलोको नान्डोतर्फ नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन् । आज भएको प्रतिस्पर्धामा ९.१७ अंकका साथ निमाले कीर्तिमान बनाएकी हुन । इन्डोनेसियाको जकार्तामा जारी एसियन गेम्समा नेपाली खेलाडी बनाएको यो पहिलो किर्तिमान हो ।

दक्षिण एसियाली खेलकुद सागकी स्वर्ण विजेता निमाले हिजो नानक्वानमा निराशाजनक प्रदर्शन गरेकी थिइन् । तर आज भने उनले नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी पनि १२ खेलाडी मध्ये एघारौँ स्थानमा रहिन् ।

यता पौडीमा सागकी पदक विजेता खेलाडी गौरीका सिंह हिट चरणबाट नै बाहिरीएकी छिन । महिला १०० मिटर फ्रिस्टालमा दोस्रो हिटमा रहेकी गौरीका छैटौं स्थानमा रहिन । उनले निर्धारीत दुरी १ मिनेट ८२ मिलिसेकेण्डमा पूरा गरिन् ।

यही विधा अन्तर्गत अर्की पौडीवाज टिसा शाक्य पनि हिट चरणबाट नै बाहिरीएकी छिन । चौथो हिटमा प्रतिस्पर्धा गरेकी उनी पुछारमा रहिइन् । उनले दुरी एक मिनेट ३.९६ सेकेण्डमा पूरा गरिन् ।

२०७५ भदौ ४ गते प्रकाशित

प्रतिकृया दिनुहोस्