News Portal

अभिनेता विपिन कार्कीको बाइक दुर्घटना

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
४१३ पटक
काठमाडौं

मङ्सिर ४, काठमाडौं – अभिनेता विपिन कार्की दुर्घटनामा परेका छन् ।

केही दिनअघिदेखि सुरु भएको सिनेमा ‘जात्रै जात्रा’को छायाकंनमा व्यस्त रहेका विपिन मंगलबार बिहान यही सिनेमाको छायाकंनका लागि बालाजु जाँदै गर्दा कालीमाटीमा दुर्घटनामा परेका हुन् ।

बाइकमा गइरहेको समयमा पछाडिबाट अर्को बाइकले ठक्कर दिएपछि यो दुर्घटना भएको हो । दुर्घटनामा परेका विपिनको दाहिने खुट्टा फ्रयाक्चर भएको छ । अहिले उनको बल्खुस्थित बयोधा हस्पिटलमा भर्ना गरेर उपचार भइरहेको छ ।

२०७५ मंसीर ४ गते प्रकाशित

प्रतिकृया दिनुहोस्