News Portal

रोनाल्डोसँगै दर्शकले पनि छाडे मड्रिडलाई, ला लिगामा मड्रिडका १० वर्षयताकै कम दर्शक

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
३५७ पटक
काठमाडौं

भदौ ४,काठमाडौँ  – आइतबार राति ला लिगामा रियल मड्रिडकालागि दुई विशेष महत्वपूर्ण घटना घटे। पहिलोले खुशी बनाउँछ भने दोस्रोले निराशा जगाउँछ। पहिलो त उनीहरुले गेटफेविरुद्ध २–० को जित निकाले जुन उनीहरुका लागि महत्वपूर्ण थियो। दोस्रो चाहिँ दुःखद् घटनाभन्दा फरक पर्दैन किनभने नयाँ सिजनमा पहिलो पटक मड्रिड ला लिगामा मैदान उत्रदै गर्दा घरेलु मैदानमा दशर्कहरुको त्यो जोश र जागर पहिलेजस्तो देखिँदैन थियो।

क्रिस्टियानो रोनाल्डोले मड्रिड छाडेपछि दश वर्षमा पहिलो पटक ला लिगामा रियल मड्रिडका खेल समर्थक कम देखिए। जसले विश्व फुटबललाई चकित बनाईदियो। ८१ हजार दर्शक अटाउने क्षमता भएको त्यो रंगशालामा त्यसको आधाजस्तो ४८ हजार ४ सयको उपस्थिति थियो।

सधैँ भरिभराउ हुने सान्टियागो बर्नेबेउ खाली देख्दा स्टेडियम स्वंयम् दुःखी भएको आभास हुन्थ्यो। यसले बारबार के झल्काइ रहेको थियो भने– रोनाल्डो थिएनन्, समर्थक थिएनन्। मड्रिडले डिफेन्डर डेनी कार्भाजाल र स्ट्राइकर ग्यारेथ बेलको गोलले सहज जित त निकालेकै हो। तर, पनि थोरै दर्शकले बर्नेबेउलाई जितको खुशी नदिलाएको महशुश भएको देखिन्थ्यो।

२०७५ भदौ ४ गते प्रकाशित

प्रतिकृया दिनुहोस्