News Portal

आफ्नै श्रीमतिको हत्या गर्ने व्यक्ति पक्राउ 

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२१३ पटक
काठमाडौं

मंसिर ५, पाँचथर – पाँचथर जिल्लाको फाल्गुनन्द गाउँपालिका – ३ ख्यारुपा सिरान बस्ने ४२ वर्षीय नरबहादुर चेम्जोङले आफ्नै श्रीमतिको हत्या गरेका छन् । नरबहादुरले आफ्नी जेठी श्रीमती ३९ वर्षीया ईन्द्रमाला चेम्जोङलाई धारिलो हतियारले प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको हो । हत्या गरी फरार भएका नरबहादुरलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

२०७५ मंसीर ५ गते प्रकाशित

प्रतिकृया दिनुहोस्