News Portal

काठमाडौँ उपत्यकासहित मुलुकभर चिसो बढ्यो, तत्काल पानी पर्ने सम्भावना छैन : मौसमविद्

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
६२१ पटक
काठमाडौं

मंसिर ५, काठमाडौँ – काठमाडौँ उपत्यकासहित मुलुकभर चिसो बढेको छ । वायुमण्डलको प्रभावले काठमाडौँ उपत्यकामा गत वर्षको तुलनामा यस वर्ष बढी चिसो भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
लामो समयसम्म पानी नपरेकाले धुलोका कारण वायुमण्डल प्रदूषित भएपछि चिसो बढेको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिए  । उनले भने – ‘सिजनल इफेक्ट(मौसमी प्रभाव)ले न्यूनतम तापक्रम तलमाथि भइरहेको हो । तापक्रम घटेपछि उपत्यकामा बढी चिसोको महसुस गरिएको छ” ।
मौसमविद्का अनुसार अबको केही दिनमै तराई क्षेत्रमा पातलो कुहिरो लाग्ने छ । पहाडी क्षेत्रमा लामो समय पानी नपरेका कारण तुवाँलोले दृश्यता कमजोर भएको छ । अहिले पानी पर्ने कुनै सम्भावना नरहेको नगरकोटीले जानकारी दिए । महाशाखाका अनुसार नेपाली वायुमण्डलमा पश्चिमी वायुको प्रभावसँगै जाडो याम शुरु हुन्छ । केही दिनदेखि दिउँसोको तापक्रमसमेत २ देखि ३ डिग्री सेल्सियसका दरले घटिरहेको छ । यस्तो अवस्थामा सुधार नआए केही दिनमै ह्वात्तै जाडो बढ्न सक्ने बताइएको छ । तापक्रम क्रमशः घट्दो क्रममा छ ।

२०७५ मंसीर ५ गते प्रकाशित

प्रतिकृया दिनुहोस्