News Portal

देउवा जीले चित्त बुझ्दो काम गर्नुभएन : काङ्ग्रेस नेता सिंह

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२२३ पटक
काठमाडौं

 

मंसिर ५, रुपन्देही –  नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवाले बहुमतको आडमा पार्टीलाई विधान विपरित चलाएर चित्त बुझ्दो काम नगरेको आरोप लगाएका छन्  ।
विधान मिच्ने अधिकार कसैलाई नभएको भन्दै उनले विधानमा दुई उपसभापति राख्ने व्यवस्था नभएको उल्लेख गरे  ।

नेपाल प्रेस युनियन रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा पूर्वमहामन्त्री समेत रहनुभएका नेता सिंहले बिपी, गणेशमान र कृष्णप्रसाद भट्टराईले सोचेअनुसार वर्तमान पार्टी नेतृत्व जान नसकेको बताए  । अब सबैलाई समेटेर विधान र विधिलाई अवलम्बन गर्ने नेतृत्व काङ्ग्रेसमा आवश्यक रहेको उनको भनाई थियो ।

पूर्वउपप्रधानमन्त्री समेत रहेका नेता सिंहले वर्तमान सरकार सङ्घीयता संस्थागत गर्ने पक्षमा नरहेको आरोपसमेत लगाए  ।

२०७५ मंसीर ५ गते प्रकाशित

प्रतिकृया दिनुहोस्