
मङ्सिर ६, काठमाडौँ– नेपाली लेग स्पिनर सन्दिप लामिछानेले टि-१० क्रिकेटको डेभ्यु खेल मै सनसनिपुर्ण प्रदर्शन गर्दै म्यान अफ द म्याचको ऐतिहासिक सफलता प्राप्त गरेका छ्न ।
ईन्डियन प्रिमियर लिग (आईपिएल) बाट व्यबसायिक अन्तर्राष्ट्रिय क्रिकेट सुरुवात गरेका सन्दिप लामिछाने पहिलोपटक फ्रेन्चाईज टोलि सहभागी प्रतियोगिताको खेलमा म्यान अफ द म्याच घोषणा भएका हुन ।
युएईमा जारी टि-१० लिगको दोस्रो खेलमा डिफेन्डिङ च्याम्पियन केरला किङ्ग्सबाट प्रतिनिधित्व गरेका सन्दिपले शाहिद अफ्रिदिको कप्तानिमा रहेको पक्तुन्स विरुद्ध उत्कृष्ट बलिङ गर्दै टिमलाई पहिलो जित दिलाएका थिए ।
केराला किङ्ग्सको तर्फबाट सन्दिप लामिछानेले मात्रै विकेट लिएको खेलमा सन्दिपले आफ्नो स्पेलको २ ओभरमा १७ रन खर्चेर ३ महत्त्वपूर्ण विकेट लिएका थिए ।
आफ्नो डेभ्यु खेलको पहिलो बलमै एन्ड्र्यु फ्लेचरको विकेट लिएका सन्दिपले आफ्नो पहिलो ओभरको अन्तिम बलमा कोलिन ईनग्रामलाई स्टमपिङ आउट गराएका थिए भने दोस्रो ओभरको चौथो बलमा महोम्मद खलिमलाई गोल्डेन डक आउट गराउन सफल भएका थिए ।
केरला किङ्सले प्रतियोगितामा पक्तुन्सलाई ८ विकेटले पराजित गर्दै उत्कृष्ट सुरुवात गरेको छ ।
२०७५ मंसीर ६ गते प्रकाशित
