News Portal

छोरा बुहारी विदेश फर्किएको एक दिनपछि झाको हत्या, दुई जना पक्राउ

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
५७२ पटक
काठमाडौं

काठमाडौँ – फ्रान्सका लागि पूर्व नेपाली राजदूत केशव झाको हत्या घटनाको अनुसन्धानका लागि प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले झा को घरमा माली र सुरक्षागार्डका रुपमा काम गर्ने दुईजनालाई सोधपुछका लागि नियन्त्रण्मा लिईएको जानकारी दिएको छ ।
८० वर्षका झा सोमबार बिहान बबरमहलस्थित आफ्नै घरको भुइँतलामा रहेको कोठामा सुतेकै ठाउँमा घाँटी रेटिएको अवस्थामा भेटिएका थिए । उनको घाँटीमा छुरा प्रहार गरेका दुई वटा र टाउकोमा ३ वटा घाउ रहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनास्थलमा तालिमप्राप्त कुकुरको सहायताले अनुसन्धान गरिरहेको छ । आयरल्यान्डमा बस्दै आएका छोरा बुहारी विदेश फर्किएको एक दिनपछि झाको हत्या भएको हो । झा श्रीमतीसहित उक्त घरमा बस्दै आएका थिए ।

२०७५ भदौ ४ गते प्रकाशित

प्रतिकृया दिनुहोस्