News Portal

कांग्रेस सरकारमा हुँदा तत्कालिन एमालेले प्रतिपक्षको नाममा गरेको तोडफोड अहिले कांग्रेसले गर्दैन

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
६४२ पटक
काठमाडौं

मङ्सिर ६, काठमाडौं — नेपाली कांग्रेसका प्रबक्ता विश्वप्रकाश शर्माले बलियो प्रतिपक्षी हुन हिंसात्मक गतिबिधि नगर्ने बताएका छन्  ।  आज रेडियो अन्नपूर्ण नेपालको कार्यक्रम मुल प्रवाहमा कुराकानी गर्दै उनले २०४८ सालमा कांग्रेस सरकारमा हुँदा तत्कालिन एमालेले प्रतिपक्षको नाममा गरेको तोडफोड अहिले कांग्रेसले नगर्ने बताएका हुन्  । उनले अहिलेको अवस्थामा कांग्रेसले सरकारले गलत गरेको ठाउँमा सचिन दवाव दिएर प्रतिपक्षको भूमिका निवार्ह गरिरहेको जिकिर समेत गरे ।

एक अर्को प्रसंगमा प्रबक्ता शर्माले कांग्रेस पार्टीमा बिधान संसोधनको सम्बन्धमा आएका फरक धारणाहरु समेटेर केही दिनभित्रै पार्टी सभापतिसमक्ष प्रस्ताव पेश गरिने बताए  ।

२०७५ मंसीर ६ गते प्रकाशित

प्रतिकृया दिनुहोस्