News Portal

टी– १० क्रिकेटमा सन्दीप लामिछानेले दोस्रो खेलमा पनि लिए विकेट, तरपनि हार्‍याे उनकाे टिम

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
३२४ पटक
काठमाडौं

मङ्सिर ७, काठमाडौं–यूएईमा जारी टी–१० क्रिकेटमा नेपाली युवा बलर सन्दीप लामिछानेले दोस्रो खेलमा १ विकेट लिएका छन् ।

पहिला ब्याटिङ गरेको सन्दीपको टिम केरला किंग्सले निर्धारित १० ओभरमा १०३ रन बनाएको थियो । १०४ रनको लक्ष्य लिएर मैदान आएको सिन्धले लगातार आक्रामक ब्याटिङ गरिरहेका बेला सन्दीपले केरलालाई पहिलो सफलता दिलाएका हुन् ।

चौथो ओभरमा बलिङ गर्न आएका सन्दीपले सुरुमा १० रन दिएका थिए । दोस्रो तथा आफ्नो अन्तिम ओभरमा भने उनले १ विकेट लिन सफल भए । उनले अन्तिम ओभरमा थप ४ रन खर्चदैं १ विकेट लिन सफल भए ।

सन्दीपले ४९ रन बनाएर क्रिजमा रहेका एन्टोन डेभिचलाई आउट गरेका थिए । सन्दीपको बलमा डेभिच क्याच आउट भएका हुन् । उनले मात्र विकेट लिए पनि अरू बलरले भने प्रभाव जमाउन नसक्दा सिन्दीजले केरलाविरूद्द ९ विकेटकाे जित निकाल्न सफल भयाे ।

२०७५ मंसीर ७ गते प्रकाशित

प्रतिकृया दिनुहोस्