News Portal

विपक्षीको चिन्ता लिनु भन्दापनि जनताको काममा तल्लिन रहन प्रधानमन्त्रीलाई कांग्रेसको सुझाव

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
४८९ पटक
काठमाडौं

भदौ ४,काठमाडौँ  – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समृद्धिको उडन्ते सपना बाढेर सरकारले जनतालाई करको बोझ थोपरेको आरोप लगाएको छ । दुईतिहाइको बलमा जनविरोधी काम नगर्न पनि कांग्रेसले सरकारलाई सचेत गराएको छ ।

प्रतिनिधि सभाको सोमवार बसेको बैठकको विशेष समयमा नेपाली कांग्रेसका सांसद उमाकान्त चौधरीले विपक्षीको चिन्ता लिनु भन्दापनि जनताको काममा तल्लिन रहन आग्रह गरेका हुन् ।

ʻसमृद्धिको नाममा उडन्ते सपनाको नारा बोकेको सरकारले जनतालाई राहात होइन मूल्यबृद्धि, कालोबजारी र माफीयातन्त्रलाई नियन्त्रण गर्न सकेको छैन् । कर आतंक बढेको छ, करको विरोधमा आन्दोलन शुरु भएको छʼ उनले भने, ʻसरकारको यस्तै रवैया रहे सिमित ठाउमा भएको आन्दोलन देशव्यापी नहोला भन्न सकिन्न ।ʼ

चौधरीले दुईतिहाइको बलमा जनविरोधी काम गर्ने छूट सरकारलाई नभएको बताए । ʻसरकार आफ्नै दम्भ र बोलिले फस्दै गइरहेको छ, प्रधानमन्त्री ओलीका ओली हुन् या मन्त्रीका बोली प्रमुख प्रतिपक्षको आलोचना र सिद्धाउनमा सिमित छʼ चौधरीले भने, ʻसरकार जनताको पक्षमा काम गर्न तल्लिन रहोस विपक्षीको चिन्ता लिनुपर्दैन ।ʼ

चौधरीले सदनमा दुइचार जना ठिंग उभिदैमा सदनको काम रोकिदैन भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइप्रति आपत्ति जनाउँदै सदन प्रतिपक्षको विशेष थलो हो भन्ने नभुल्न सुझाव दिए ।

कांग्रेसकै भरत शाहले देशव्यापी बढेको कर आतंकका कारण अहिले ʻगाउँमा सिंह आयो दरवार आएनʼ भन्ने गुनासो बढेको बताए ।

२०७५ भदौ ४ गते प्रकाशित

प्रतिकृया दिनुहोस्