News Portal

कम्बोडियाका प्रधानमन्त्री नेपालमा

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
१९८ पटक
काठमाडौं

मङ्सिर १३, काठमाडौँ –  एशिया प्रशान्त शिखर सम्मेलनमा भाग लिने सिलसिलामा प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणका लागि कम्बोडियाका प्रधानमन्त्री हुन सेन आज काठमाडौँ आइपुगेका छन्  ।

उनलाई उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा स्वागत गरे  । सो अवसरमा नेपाली सेनाको एक टुकडीले उनलाई सलामी दिएको थियो ।
आजदेखि १७ गतेसम्म सो सम्मेलन काठमाडौँमा हुँदैछ ।

२०७५ मंसीर १३ गते प्रकाशित

प्रतिकृया दिनुहोस्