News Portal

न्यूरोड गेट नजिकै कार अनियन्त्रित भई ठक्कर दिँदा १० जना घाइते

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
३३४ पटक
काठमाडौं

मंसिर १३, काठमाडौं – न्यूरोड गेट नजिकै कारले ठक्कर दिँदा १० जना घाइते भएका छन्।

बा १८ च ४८७३ नम्बरको कारले ठक्कर दिँदा १० जना पैदल यात्रु घाइते भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसपी जयराज सापकोटाले जानकारी दिए।

एसपी सापकोटाले भने,’ सवारी अनियन्त्रित भई पैदल हिँडिरहेका १० जना मानिसलाई ठक्कर दिएको बुझियो। सबैको अवस्था अहिलेसम्म सामान्य नै छ। घाइतेको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। प्रहरीले कार चालकलाई नियन्त्रणमा लिएको छ।’

२०७५ मंसीर १३ गते प्रकाशित

प्रतिकृया दिनुहोस्