मोटिभेटन्यूज संवाददाताकाठमाडौं

भदौ ४, काठमाडौं – सर्वोच्च अदालतले विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई २४ घण्टाभित्र हाजिर गराउन आदेश दिएको छ ।
उनका भाइ वीरेन्द्र विश्वकर्माले दिएको बन्दी प्रत्यक्षीकरण रिटमा आइतबार सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले प्रकाण्डलाई २४ घण्टाभित्र हाजिर गराउन आदेश दिएको हो ।
२०७५ भदौ ४ गते प्रकाशित
