News Portal

युथ काँग्रेसको जोरबिजोर प्रणाली अवज्ञा मोटरसाईकल र्यालीमा प्रहरीको हस्तक्षेप, ८ जना पक्राउ

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२३२ पटक
काठमाडौं

मङ्सिर १४, काठमाडौं — युथ काँग्रेसले आयोजना गरेको जोरबिजोर व्यवस्थाको अवज्ञा मोटरसाईकल र्यालीमा प्रहरीले हस्तक्षेप गरेको छ । र्यालीमा सहभागि ८ जनालाई गिरप्तार समेत गरेको छ ।
गिरप्तार हुनेहरुमा युथ कंग्रेसका राष्ट्रिय संयोजक सचिन तिमील्सना, चेतन बुढाथोकी, डुजाङ शेर्पा, पुष्पकर वास्तोला, सुनिल शर्मा, तपेन्द्र खड्का लगायत रहेका छन् ।

राज्यको कार्यक्रम नभई अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाले आयोजना गरेको कार्यक्रमका लागि राज्यले जनतालाई दुःख दिन खोज्नु आफुहरुलाई मान्य नभएको भन्दै युथ कंग्रेसले अवज्ञा मोटरसाईकल र्याली निकाल्लन लागेको थियो ।

काठमाडौको ज्ञानेश्वरबाट र्याली निकाल्न रातोपुलमा भेला भएकाहरुसँग झडप समेत भएको छ । झडपमा केही घाईते भएका छन् ।
अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले आयोजना गरेको आफैमा विवादित र शंकास्पद सम्मेलनका निम्ति आम नेपाली जनतालाई सास्ती दिन नमिल्ने युथ कंग्रेसको भनाई छ ।

२०७५ मंसीर १४ गते प्रकाशित

प्रतिकृया दिनुहोस्