News Portal

ओलीको तानाशाही शैलीको अगाडि प्रमुख प्रतिपक्ष रुझेको बिरालो जस्तो भो : सिपी गजुरेल

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२५६ पटक
काठमाडौं

मङ्सिर १६, रुपन्देही – नेकपा क्रान्तिकारी माओवादीका नेता सिपी गजुरेलले नेकपाको बहुमतको सरकारले नौ महिनामा महँगी, करको भार र असुरक्षा उपहार दिएको टिप्पणी गरेका छन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।

उनले दुईतिहाइको शक्तिशाली सरकार अभिषाप सावित भएको बताए ।

पार्टीको केन्द्रीय बैठकमा लागि बुटवल आएका नेता गजुरेलले शनिवार बुटवलमा रिपोर्टस क्लबले आयोजना गरेको साक्षात्कारमा भने, ‘समृद्ध नेपाल र सुखी नेपालीको भुलभुलैयामा चुनाव जिते, त्यसको सट्टा सरकारले महँगी, कर र असुरक्षा उपहार दियो ।’ उनले सरकार गठन भएको नौ महिनाले दुईतिहाइको कम्युनिस्ट सरकार अब ५ बर्ष कसरि सखाने भन्ने पिरलो सुरु भएको बताए। ‘यो सब हुँदाहुँदै पनि सरकार ढल्नेवाला छैन. दुर्भाग्य, संबिधानमै यस्तै व्यवस्था  छ, ओलीको तानाशाही शैली र प्रमुख प्रतिपक्ष रुझेको बिरालो जस्तो भो,’ गजुरेलले भने।

२०७५ मंसीर १६ गते प्रकाशित

प्रतिकृया दिनुहोस्