News Portal

कञ्चनपुरकी १३ वर्षीया बालिकाको बलात्कारपछि हत्यामा संलग्न मुख्य अभियुक्त पक्राउ

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
४३१ पटक
काठमाडौं

भदौ ४, कञ्चनपुर- कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्यामा संलग्न मुख्य अभियुक्त पक्राउ परेका छन् । स्थानीय दिलिपसिंह बिष्ट ९ वर्ष जेल बसेर गत वर्ष मात्र छुटेका थिए।

साथीको घरमा गएर घर फर्कने क्रममा  स्थानीय दिलिपसिंह बिष्ट नै बलात्कार गरी हत्या गरेको प्रहरीले जनाएको छ। बाटोमा किशोरीलाई एक्लै देखेपछि उनले बलात्कारपछि हत्या गरेका हुन्।

केन्द्रीय अनुसन्धान ब्यूरो र कञ्चनपुर प्रहरीको टोलीले स्थानीय दिलिपसिंह बिष्ट लाई घटनाको २५ औं दिनमा पक्राउ गरेको हो। उनले अपराध कबुलेका छन्। अदालतबाट म्याद थप गरी प्रहरीले उनलाई पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्न लागेको छ।

साउन १० गते हराएकी पन्तको ११ गते उखुबारी छेउमा शव भेटिएको थियो। पोष्टमार्टम रिपोर्टमा उनको बलात्कारपछि नै हत्या भएको पुष्टि भइसकेको छ।

२०७५ भदौ ४ गते प्रकाशित

प्रतिकृया दिनुहोस्