News Portal

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै, विधान मस्यौदामाथि छलफल हुने

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२३३ पटक
काठमाडौं

मंसिर १८, काठमाडौँ – पार्टीको प्रस्तावित विधान मस्यौदामाथि छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक मंगलबार पनि बस्दैछ ।

मङ्गलबार बिहान ११ बजे बैठक पुनः बस्ने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । कांग्रेसले पार्टीको विधानलाई सङ्घीय संरचनाअनुसार परिमार्जित गर्न विधान संशोधनको प्रस्ताव तयार गरेको छ ।

पार्टीको विधान संशोधन मस्यौदा समितिका संयोजक एवं महामन्त्री पूर्णबहादुर खड्काले प्रस्तावित विधानको मस्यौदा यही मङ्सिर ९ गतेको केन्द्रीय समिति बैठकमा पेश गरेका थिए ।

मङ्सिर १३ गतेदेखि जारी पार्टीको केन्द्रीय समिति बैठकमा उक्त मस्यौदामाथि छलफल चलिरहेको छ ।

सभापति शेरबहादुर देउवाको सभापतित्वमा सोमबार बसेको बैठकमा केन्द्रीय सदस्य बलबहादुर केसी, डा नारायण खड्का, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय ‘डिना’, डा शेखर कोइराला, जीवनबहादुर शाही, रत्ना शेरचन र किरण यादवले आ–आफ्नो धारणा राखेका थिए ।

२०७५ मंसीर १८ गते प्रकाशित

प्रतिकृया दिनुहोस्