
म लडिरहने छु
ति लाखौं लाख जनताको भिडमा
जम्बी रहने छु
हो देशमा बलत्कार हुँदा
भष्टचार हुँदा हत्या हीसां हुँदा
यि नयनले हेर्नै सक्दैनन
किनकी , म न्यायको भिकारी हुँ !
म सानै देखी न्यायका पाठहरु पढदै आएको मान्छे हुँ
तर न्यायको परिभाषा नै पता लगाउन सकिन
धेरै सिदान्तहरुको खोजी गरे
यो देशमा तर कतै भेटिन
त्यही सिदान्दको खोजिमा छु
किनकी म न्यायको भिकारी हुँ !!
धेरै दिन न्याय माग्दै काठमान्डौका गालीहरु धाए
सिहंदरबार धाए
तर कसैले न्याय दिएन
एउटा सरकारको मान्छेलाई सोधे ??
कहाँ पाईन्छ न्याय भनेर
उसले भन्यो किन चाहियो न्याय
मैले भने , म न्यायको भिकारी हुँ !!!
माइती घरमा धेरै दिन भेला भयौं
माइकमा न्याय चाहियो भनी नारा लगाए
ति दलाल पूजिबादिहरुको पुत्ला जलायौ
दुइचार जनाले जेलको चिसो हावा खाए
मैले पनि न्यायकै लागि दुइचार लठ्ठी खाए
अनी त्यो पाखुरा छाम्दै सोचे
म साच्चै न्यायको भिकारी हुँ !!!!
मेरो देशमा न्याय पनि भिक मागे जस्तै गरी
जनताहरु मागिरहेका छन
सरकार भने चुपचाप आफनै कुटनिती सिदान्तमा चलिरहेको छ
म भने त्यही सरकारसंग न्यायको परिभाषा माग्दै हिडछु
किनकी म न्यायको भिकारी हुँ !!!!!
२०७५ मंसीर १९ गते प्रकाशित
