News Portal

छिमेकी प्रदीप रावलद्वारा निर्मला पन्तलाई हत्या गरेको स्वीकार

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२०८४ पटक
काठमाडौं

मङ्सिर २०, काठमाडौँ – कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका छिमेकी प्रदीप रावलले हत्यामा संलग्न रहेको साविती बयान दिएका छन्।

केही दिनअघि राजधानीबाट पक्राउ परेका रावलले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) सँग हत्या स्वीकार गरेका हुन्। गएराति नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालको उपस्थितिमा भएको बयानमा रावलले घटना स्वीकार गरेको सीआईबी स्रोतले बताएको छ।

सीआईबीले रावलसँग गएराति १० बजेदेखि २ बिहान बजेसम्म बयान लिएको थियो। सोही क्रममा रावलले घटनामा आफ्नो संलग्नता स्वीकार गरेका हुन्। घटना स्वीकार गरेपछि प्रहरीले रावलको डीएनए परीक्षणका लागि प्रहरी प्रयोगशालामा पठाएको छ। यसको रिपोर्ट भने शुक्रबार मात्र आउँने छ।

निर्मलाको न्यायका लागि देशभर प्रदर्शन चर्किएपछि आईजीपी खनाल स्वयम्को उपस्थितिमा आरोपितको बयान लिनेक्रम सुरु भएको हो।

उनलाई महानगरीय प्रहरी वृत महाराजगञ्जको हिरासतमा राखिएको छ।

१३ वर्षीया निर्मला पन्तको गत साउन १० गते बलात्कारपछि हत्या गरिएको थियो। उनको शव नजिकैको उखुबारीमा साउन ११ गते फेला परेको थियो। घटनाको चार महिना बितिसक्दा पनि सरकारले दोषी पत्ता लगाउन सकेको थिएन । अनुसन्धानका क्रमममा प्रहरीले दर्जनौंसँग सोधपुछ पनि गरेको थियो ।

 

२०७५ मंसीर २० गते प्रकाशित

प्रतिकृया दिनुहोस्