News Portal

को हुन् काठमाडौँको रातोपुलमा आज प्रहरीको गोलीबाट घाइते भएका राजन लिम्बु ?

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२८१ पटक
काठमाडौं

मङ्सिर २१, काठमाडौँ- प्रहरीसँगको गोली हानाहानमा घाइते भएका इटहरीका राजन लिम्बु बैंक लुटपाट र अन्य आपराधिक गतिविधिमा संलग्न भएको प्रहरीले खुलाएको छ।

काठमाडौँको रातोपुलमा शुक्रबार प्रहरीसँगको गोली हानाहानमा उनी घाइते भएका हुन्।

उनी पूर्वमा पाँचवटा ‘आइएमई’ लुटेर जेल परी छुटेका थिए। त्यस्तै, कतिपय बैंक तथा वित्तीय संस्था लुटपाटमा उनी काठमाडौँमा पनि पक्राउ परिसकेका थिए। छ महिनाअघि इटहरीमा एउटा आइएमई लुटेको अभियोगमा उनलाई प्रहरीले खोजिरहेको थियो।

लिम्बुको साथबाट चार राउण्ड गोली र एउटा पेस्तोल बरामद भएको अपराध अनुसन्धान महाशाखाले जानकारी दिएको छ ।

शुक्रबार दिउँसो भएको उक्त घटनामा प्रहरीको गोली खुट्टामा लागेर घाइते भएका लिम्बुको प्रहरी नियन्त्रणमा उपचार भइरहेको समेत महाशाखाले जानकारी दिएको छ ।

२०७५ मंसीर २१ गते प्रकाशित

प्रतिकृया दिनुहोस्