News Portal

काठमाडौँ विश्वविद्यालयमा “रक्त अभियान” कार्यक्रम सम्पन्न

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
१७२ पटक
काठमाडौं

 

मंसिर २४, काभ्रे- जिवन रक्षाको निम्ति ऐक्यबद्धता” भन्ने मूल नाराका साथ टीम ब्लडपल र फोरम अफ फार्मेसीको संयुक्त आयोजनामा धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयमा “रक्त अभियान” (Blood Campaign) सम्पन्न भयो । उक्त कार्यक्रममा रक्त समूह परिक्षणका साथसाथै रक्तचाप परिक्षण मधुमेह परिक्षण , तौल ,उचाई, बी.एम्.आइ परिक्षण आधा निःशुल्करूपमा गरिएको थियो।

कार्यक्रम भक्तपुर हार्ट एण्ड डायबिटीज सेण्टर (बि. एच. डि. सि.), लायन्स क्लब अफ बि. एच. डि. सि. तथा वी मार्चको सहयोगमा संचालन गरिएको हो। रगत अभावले अकालमै कसैको ज्यान नजावस् भनी रक्तदाता नामावली संकलनका साथै रक्त दाताहरुलाई रक्तदान गर्न र गराउन प्रोत्साहन गर्ने उदेश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको थियो।

कार्यक्रममा काठमाडौँ बिश्व बिद्यालयका शिक्षक बिद्यार्थीहरुको उल्लेखीय सहभागिता रहेको थियो । रगत अभाब न्यूनीकरण गर्नका लागि सबै जना एकजुट भएर ठुलो संजाल बनाउनु टीम ब्लडपलको मुख्य उदेश्य रहेको कार्यक्रमका मुख्य संयोजक सुशन कर्मचार्यले बताए ।

२०७५ मंसीर २४ गते प्रकाशित

प्रतिकृया दिनुहोस्