News Portal

आउँदो बजेटमार्फत जेष्ठ नागरिकहरुलाई मासिक पाँच हजार भत्ता दिन्छौ : उपप्रधानमन्त्री पोखरेल

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
४३६ पटक
काठमाडौं

मङ्सिर २५, रुकुम पूर्व – उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेलले जेष्ठ नागरिकहरुलाई दिइने मासिक भत्ता पाँच हजार पु¥याइने बताएका छन्  ।

अहिलेकै सरकारको कार्यकालमा आउँदो बजेटमार्फत जेष्ठ नागरिकहरुलाई मासिक पाँच हजार भत्ता दिइने उनले बताए  । मन्त्री पोखरेलले सरकारलाई  कमजोर बनाउन विभिन्न तानाबाना बुनिरहेको भन्दै नागरिकको विश्वासको जगमा सरकार भएकोले शंका नगर्न अनुरोध गरे  ।

नेपालको कान्छो जिल्ला रुकुम पूर्वको रुकुमकोटमा रुकुम पूर्वमा रहेको चेम्बर अफ कमर्सले गरेको पर्यटन तथा सांस्कृतिक महोत्सवको मंगलबार उद्घाटन गर्नु हुँदै रक्षा मन्त्री पोखरेलले कान्छो र विकट जिल्ला भनेर रुकुम पूर्वलाई अवमूल्यन नगर्न र यहाँको स्वाभिमान र नागरिकको एकतालाई सम्मान गर्न जरुरी रहेको बताए  ।

देश विकासको मुटुको रुपमा रहेको मध्यपहाडी राजमार्गको आधार रुकुम भएको भन्दै उनले एकीकृत योजनामार्फत रुकुम पूर्वको विकासको कार्ययोजना बनाइने जनाए । पर्यटनको प्रचर सम्भावना रहेको, विद्युत उत्पादनको प्रारम्भिक अध्यन समेत गरिएको भन्दै मन्त्री पोखरेलले सरकारले समेत कामको थालनी गरेकोले सबैले साथ दिनुपर्ने उल्लेख गरे ।

२०७५ मंसीर २५ गते प्रकाशित

प्रतिकृया दिनुहोस्