News Portal

काँग्रेसमा गुटै गुट : देउवा विरुद्ध महागठबन्धनको तयारीमा कोइराला परिवार

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
३६२ पटक
काठमाडौं

भदौ ५, काठमाडौं – कोइराला परिवारबारे मान्छेहरूले अनेक अड्कलबाजी गरिरहेका छन् । हामीबीच समझदारी छैन भन्ने प्रश्न उठाउँदै आइरहेका छन् । यो निरर्थक र निराधार कुरा हो । नेतृत्वको विषयमा हामीबीच समझदारी बनेको छ । हामी उपयुक्त समयमा उपयुक्त निर्णय लिन्छौँ । नेतृत्वका लागि तीन मध्ये एक अघि बढ्छौँ ।”

पछिल्ला केही महिना यता शशांक, शेखर र सुजाता निरन्तर भेटघाटमा छन्  । उनीहरूले सँगै खाना खान भन्दै जुटेर आपसी विश्वास बढाउँदै १४ औँ महाधिवेशनको तयारी अघि बढाएका छन्  । अझ यो गठबन्धनमा सम्भव भएसम्म सबैलाई समेट्ने र देउवालाई एक्ल्याउने उनीहरूको नीति छ ।

कांग्रेसका भ्रातृ संगठनका सबैजसो पछिल्लो अधिवेशनले देउवालाई हतोत्साही बनाएको छ । शिक्षक संघ, ट्रेड युनियन, कानुन व्यवसायीहरूको संस्थाको निर्वाचनमा देउवा पक्षले पराजय भोगेको छ । निर्वाचनमा पराजयको अपजस सबैभन्दा बढी देउवालाई नै छ । तर आत्मसमीक्षा र कार्यक्रम केही छैनन् । त्यसैले देउवापक्ष स्वतः कमजोर हुँदैछ । त्यसमा पनि प्रकाशमान देखि सिटौला सम्म र केबी गुरुङ देखि गच्छदारसम्मलाई कोइराला परिवारले समेट्न सके सामना गर्न देउवालाई महाभारत हुनेछ ।

कोइराला परिवारको नयाँ पहलले सबैभन्दा ठूलो चोट रामचन्द्र पौडेललाई पर्दैछ । कोइराला परिवारकै राजनीतिक विरासतलाई सदुपयोग गरेर पार्टी र सरकारको नेतृत्वमा पुग्ने उनको योजना अहिलेसम्म सफल भएको छैन । कोइराला परिवारले बीच बाटोमै साथ छोडेमा पौडेलको यात्रा संकटमा पर्नेछ । उनीप्रति कार्यकर्ताको सद्भाव छ, तर संगठनमा हस्तक्षेप गर्ने प्रभाव छैन । कोइरालाहरूले साँच्चै साथ छाडेमा नेतृत्वका लागि देउवासँग सम्झौता गर्नुको विकल्प उनीसँग छैन । देउवाकै अस्तित्वका लागि यो स्थिति आउन सक्छ ।
नयाँ पत्रिकाबाट

२०७५ भदौ ५ गते प्रकाशित

प्रतिकृया दिनुहोस्