News Portal

एआइजी बस्न्यात र नेपाल कबड्डी संघकी अध्यक्ष थापाबीच भेटवार्ता

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
३६२ पटक
काठमाडौं

मङ्सिर २७, काठमाडौं – नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव एवं राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक धिरू बस्न्यातबाट नेपाल कबड्डी संघका अध्यक्ष माननीय श्री तुलसा थापा र संघका अन्य पदाधिकारीहरुसंग भेट वार्ता सम्पन्न भएको छ।  भेटवार्ताको क्रममा  नेपाल प्रहरीमा कबड्डी खेलको बिद्यमान अवस्था, आपसी सहयोग आदान प्रदान लगायत बिबिध समसामयिक बिषयहरूमा छलफल भएको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानले जनाएको छ  ।

त्यस्तै आज नै एआइजी बस्न्यातले  नेपाल भलिबल संघका अध्यक्ष  मनोरन्जनरमण शर्मा र महासचिव श्री जितेन्द्र चन्दसंग पनि भेटवार्ता गरेका छन्।  भेटका क्रममा नेपाल प्रहरीमा भलिबल खेलको बिद्यमान अवस्था, आपसी सहयोग आदान प्रदान लगायत बिबिध समसामयिक बिषयहरूमा छलफल भएको छ ।

२०७५ मंसीर २७ गते प्रकाशित

प्रतिकृया दिनुहोस्