News Portal

यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
३५१ पटक
काठमाडौं

 

पौष २, काठमाडाैं – पञ्चाङ्ग, वि.सं. २०७५ साल पुस २ गते। सोमबार। इश्वी सन् २०१८ डिसेम्बर १७ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। नेपाल संवत् ११३९ थिंलाथ्व। मार्ग शुक्लपक्ष। तिथि– दशमी, २८:०२ बजेउप्रान्त एकादशी। नक्षत्र– रेवती, २५:२० बजेउप्रान्त अश्विनी। योग– वरियान्, २३:०१ बजेउप्रान्त परिघ। करण– तैतिल, १५:४५ बजेदेखि गर, २८:०२ बजेउप्रान्त वणिज। आनन्दादिमा मातंग योग। चन्द्रराशि– मीन, २५:२० बजेउप्रान्त मेष। काठमाडौंमा सूर्योदय– ६:४९ बजे, सूर्यास्त– १७:१० बजे र दिनमान २५ घडी ५१ पला। पञ्चक २५:२० बजे समाप्ति। कीर्तिपुरमा इन्द्रायणी यात्रा।

हाम्रा सेवा सुविधाका बारेमा बुझ्न 9841405073 मा सम्पर्क गर्नु हाेला ।
ज्याेतिष विज्ञान अनुसन्धान केन्द्र, काठमाडाैं

मेष– तार्किक क्षमताले सम्मान दिलाउनेछ । साँझदेखि अधैर्य व्यवहारले समस्या निम्त्याउन सक्छ ।

वृष– भेटघाटले काममा बाधा पुर्याउनेछ । आँटले काम लिन नसक्दा पछि परिनेछ ।

मिथुन– काम गर्दा चुनौती आइलाग्नेछन् । प्रयत्न गर्दा खर्च लागे पनि दिगो फाइदा हुने देखिन्छ ।

कर्कट– सोखले फजुल खर्च बढाउन सक्छ । आलस्य गर्दा काम बीचैमा रोकिन सक्छ । अर्थ संग्रहमा बाधा पुग्नेछ ।

सिंह– तर्कशक्ति बढ्नुका साथै रोकिएका काम सम्पादन हुनेछन् । आलोचकहरूलाई जवाफ दिन सकिनेछ ।

कन्या– मनग्य धन आर्जन हुने ग्रहयोग छ । पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रिनाले समस्या उत्पन्न होला ।

तुला– विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले पछि परिनेछ । समय र नियमलाई बेवास्ता नगर्नुहोला ।

वृश्चिक– आफ्नै कमजोरीले अवसर गुम्न सक्छ । विगतको श्रमबाट सामान्य लाभ भए पनि परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न हुनेछ ।

धनु– शुभचिन्तकहरूसँग भेटघाट हुनेछ । विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त हुनेछ ।

मकर– सोचेको काम बन्नुका साथै विभिन्न अवसर प्राप्त हुनेछन् । दीर्घकालसम्म फाइदा हुने काममा हात हाल्ने समय छ ।

कुम्भ– कार्यक्षेत्रमा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । श्रमको उचित मूल्यांकन हुनेछ ।

मीन– गरेका कामबाट प्रशस्त लाभ मिल्नेछ । तर, साँझदेखि ईर्ष्या गर्नेहरूले फसाउन सक्छन् ।

02 गते को बिशेष काम गर्ने राम्रो समय दिउसो 1:51 देखि 02:51 सम्म छ यो समय चन्द्र होराको हो । ज्योतिष शास्त्रमा यी चन्द्र होरा, अमृत बेला शुभ कामका लागि धेरै नै राम्रो मानिन्छन /

02 गते राहु काल बिहान 08:08 देखि 9:25 सम्म छ । यो समयमा बिशेष सावधानी अपनाउनु होला । राहु कालमा सुरु गरिएका पूजा पाठ आदि, शुभकामले कुनै फल दिदैन र व्यवशाहिक वा सामाजिक कामले पछी सम्म बाधा दिन्छ, मुद्दा मामिला हुन सक्छ, विवाद उत्पन्न हुन सक्छ भनि ज्योतिष शास्त्रमा बताईएको छ /

02 गते खिर, दुध, हलुवा यी वा बाट बनेका खाने कुरा खाएमा दिमाग सृजनशील बन्छ, गर्भवती महिलाको सन्तान तन्दुरुस्त जन्मन्छ, यात्रामा गए यात्रामा हुने शूलको दोष कम हुन्छ । शूल भनेको तपाई आज यात्रामा जाने दिशा पट्टि कुनै दुर्घटनाको सम्भावना भएमा त्यो शूल संग सम्बन्धित दोष रहदैन सोचेको राम्रो काम अवस्य बन्नेछ /

02 गते कुनै बिशेष यात्रामा निस्कदा केहि दक्षिण दिशाबाट यात्रा सुरु गर्नु भए राम्रो हुनेछ । घरबाट केहि बेर त्यो दिशा जानु त्यहाँ मन्दिर भए दाहिने परिक्रमा गर्नु अनि यात्रामा जानु त्यो नभए पूजित बिरुवा तुलसी, बर पिपल वा अन्य कुनै बिरुवामा पनि हाल्नु अनि यात्रामा जानु त्यो नभए माग्ने मान्छे वा साना केटाकेटीलाई केहि खानेकुरा खान दिएर खुशी बनाइ यात्रामा जान सके यात्रामा हुने अपशकुनहरु जस्तै बिरालोले बाटो काट्नु, जुत्ता चप्पल उल्टा देखिनु आदी कुराको दोष कम हुन्छ यात्रा अवस्य सफल हुनेछ ।

02 गतेका लागि सहित जुरेका कामहरु कुनै पनि मंगल कार्य, पशु–बनस्पति किनबेच, धार्मिक कार्य, मोती चादी–सेतो बस्तुको काम, मिश्रित किसिमको काम र आगोको काम, बिगार्ने भत्काउने काम, बिषादी र हतियार प्रयोगको कामका लागि रामो छ /

२०७५ पुष २ गते प्रकाशित

प्रतिकृया दिनुहोस्