News Portal

घरभाडा फिर्ता लैजान सांसद भट्टराईको अपिल

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२४५ पटक
काठमाडौं

पौष २, ताप्लेजुङ – प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराईले घरभाडावापत संसद सचिवालयले जम्मा गरिदिएको रकम फिर्ता गर्न संसद सचिवालयलाई आग्रह गरेका छन् ।

उनले संसदीय क्षेत्रमा अनुभवको कमी तथा संसद सचिवालयका तर्फबाट अभिलेखको व्यवस्थापनमा भएको असावधानीका कारण आफ्ना नाममा संसद सचिवालयले घरभाडावापत रकम जम्मा गरिदिएको भन्दै यसप्रति दुःख व्यक्त गरेका छन् ।

भट्टराईले आइतबार एक बिज्ञप्ती प्रकाशीत गरी घरभाडा बापत आफ्नो नाममा जम्मा भएको ९० हजार फिर्ता गर्न वा आउने महिनामा प्राप्त हुने पारिश्रमिकमा कट्टा गर्न संसद सचिवालयलाई आग्रह गरेका छन् । यो २०७४ फागुनदेखि २०७५ मंसिरसम्मको दश महिने अवधिको रकम हो ।

बिज्ञप्तीमा उनले संसद सचिवालयले काठमाडौंमा घर भएका र नभएका संसद सदस्यहरूको विवरण फारम भराउँदा आफूले काठमाडौंमा आफ्नो घर भएको कुरा पहिले नै स्पष्ट रुपमा उल्लेख गरेको बताएका छन् ।

भट्टराईले बिज्ञप्तीमा सचिवालयले मागेको विवरण उपलब्ध गराउँदा गराउँदै पनि घर भाडा लिनेको सुचीमा आफ्नो नाम प्रकाशीत भएको सुन्दा आश्चर्यमा परेको उल्लेख गरेका छन् ।
नागरिकबाट

२०७५ पुष २ गते प्रकाशित

प्रतिकृया दिनुहोस्