News Portal

प्रचण्डलाई शक्तिशाली बनाउन गौतमको प्रस्ताव

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
१४९ पटक
काठमाडौं

पौष २, काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रभावशाली सचिवालय सदस्य वामदेव गौतमले पार्टी अध्यक्ष केपी शर्मा ओलीको अधिकार कटौती गर्दै अर्का अध्यक्ष पुष्पकमल दाहाललाई शक्तिशाली बनाउने प्रस्ताव गरेका छन् । एक व्यक्ति एक प्रमुख जिम्मेवारीको अवधारणा लागू गर्न जोड दिँदै सचिवालय सदस्य गौतमले अहिलेसम्मको अनुभवका आधारमा प्रधानमन्त्रीले पार्टी अध्यक्षको कार्यकारी भूमिका सफलतापूर्वक निर्वाह गर्न नसकेको भन्दै अर्का अध्यक्षलाई प्रभावकारीरूपमा पार्टी सञ्चालनको जिम्मेवारी दिन प्रस्ताव गरेका हुन् । शनिबार बसेको स्थायी कमिटी बैठकमा ओली–दाहालको राजनीतिक प्रतिवेनमाथि छुट्टै प्रतिवेदन पेस गर्दे उनले सो प्रस्ताव गरेका हुन् ।

‘अहिलेसम्मको अनुभवका आधारमा प्रधानमन्त्रीले पार्टी अध्यक्षको कार्यकारी भूमिका सफलतापूर्वक निर्वाह गर्न अनुकूलता भएको पाइएन । तसर्थ अध्यक्ष प्रधानमन्त्रीले प्रभावकारीरूपमा सरकार संचालन गर्नेतर्फ नै ध्यान बढी दिने र प्रधानमन्त्री नभएका अध्यक्षले प्रभावकारीरूपमा पार्टी सञ्चालन गर्नेतर्फ ध्यान बढी दिने व्यवस्था गर्ने । कुनै पनि कमिटीको अध्यक्षता गर्न दुवै अध्यक्षको अनिवार्य उपस्थितिको व्यवस्था अन्त्य गर्ने । अब दृढतापूर्वक सम्पूर्ण पार्टी कमिटीमा एक व्यक्ति एक प्रमुख जिम्मेवारी लागु गर्ने,’ उनले सो प्रतिवेदनमा भनेका छन् ।

उनले सो प्रतिवेदनमा कम्युनिस्ट पार्टीका सबै कमिटी र निकायका बैठक तोकिएको समयमा बस्ने गरेको उल्लेख गर्दे समयमै बैठक नबसेको र आफ्ना कुरा खुलस्त र डर त्रासबिना राख्न नपाएकोबारे पनि अध्यक्षद्वयको आलोचना गरेका छन् । ‘छलफलहरू गुटबन्दीमा आधारित हुँदैनन् तथा खुला खुलस्त र डर त्रासबिना सदस्यहरूले बैठकमा आफ्ना विचार राख्छन् । अहिले नेकपाभित्र यस किसिमको शैली हराएको छ,’ उनले सो प्रतिवेदनमा उल्लेख गरेका छन् ।
नागरिकबाट

२०७५ पुष २ गते प्रकाशित

प्रतिकृया दिनुहोस्