News Portal

निर्मला हत्या प्रकरण : एआइजी बस्नेतले बुझाए प्रतिवेदन, अनुसन्धानकैक्रममा बस्नेतलाई धम्की

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
४१२९ पटक
काठमाडौं

पौष २, काठमाडौं – कञ्चनपुरकी निर्मला पन्तको घटना अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीहरूको भूमिका उपर छानविन गर्न प्रहरी अतिरिक्त महानिरीक्षक धीरु बस्न्यातको संयोजकत्वमा गठित समितिले  सोमबार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल समक्ष प्रतिवेदन पेश
गरेको छ ।
कञ्चनपुर, भीमदत्त नगरपालिका-२ बस्ने १३ वर्षीया निर्मला पन्त सोही नगरपालिका- १८ स्थित उखुवारीमा २०७५ साउन ११ गते मृत अवस्थामा फेला परेको घटना सम्बन्धमा अनुसन्धान र अनुसन्धानमा खटिएका प्रहरी अधिकृत तथा जवानहरूको भूमिकाको विषयमा
छानविन गरी राय सुझावसहितको प्रतिवेदन पेश गर्न २०७५ भदौ ३१ गते उक्त समिति गठन भएको थियो ।

गत भदौ ३१ गते गठित अनुसन्धान टोलीले ४६० पृष्ठ लामो प्रतिवेदन बुझाएको हो ।

प्रतिवेदनमा अनुसन्धानकाक्रममा ३६ जनालाई नियन्त्रणमा लिएको र तीमध्ये ८ जनाले ‘पोलीग्राफी टेस्ट’मा झुटो बोलेको उल्लेख छ ।

यस्तै, निर्मलाको हत्या भएको २४ दिनपछि घटनास्थलमा नक्कली प्रमाणहरु राखिएको, कन्चनपुरका तत्कालीन डीएसपी अंगुर जिसीले पोलीग्राफी टेस्ट गर्न नमानेको र अनुसन्धानकैक्रममा एआइजी धीरु बस्नेतलाई टेलिफोनमार्फत् धम्की दिएकोसमेत उल्लेख छ ।

टेलिफोनबाट धम्की दिने व्यक्तिले छानबिन समितिमा रहेका दुईजना सदस्यको नाम लिँदै उनीहरु ‘आफ्ना मान्छे हुन्’ भनेको र उक्त अडियो टेपसमेत प्रतिवेदनमा समेटिएको बुझिएको छ ।

अनुसन्धान टोलीमा ११ जना सदस्य रहेकामा नेपाल प्रहरीका प्रवक्तासमेत रहेका एसएसपी उत्तम सुवेदी र एसपी डा. गणेश रेग्मीले प्रतिवेदनमा हस्ताक्षर नगरेको पनि उच्च स्रोतले जनाएको छ ।

एआइजी बस्नेत नेतृत्वको टोलीमा गणेश रेग्मी, उत्तम सुवेदी, निरजबहादुर शाही, रमेश थापा, सन्तोष आचार्य, ज्ञानेन्द्रबहादुर बस्नेत, दधिराम न्यौपाने, कौशलकुमार बुढाथोकी, दीपककुमार कार्की र सुमन थापा रहेका छन् ।

प्रहरी महानिरीक्षक खनालले हामीसँग कुरा गर्दै टोलीले आफूलाई प्रतिवेदन बुझाएको र प्रतिवेदनअनुसार कारबाही अघि बढाउने बताए ।

२०७५ पुष २ गते प्रकाशित

प्रतिकृया दिनुहोस्