News Portal

तरुण दल सिन्धुपाल्चोकको अध्यक्षमा प्रमोद लामा

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
१८५ पटक
काठमाडौं

पौष २, काठमाडौं । नेपाल तरुण दल सिन्धुपाल्चोकमा समानान्तर समिति गठन भएको छ । जिल्ला अध्यक्ष दोर्जे लामा पार्टी सदस्यसमेत नभएकोले नयाँ समिति गठन गरेको उनीहरुले बताएका छन् ।
लामा पार्टी छाडेर चुनावका बेला तत्कालीन नेकपा एमालेमा प्रवेश गरेपछि तरुण दल केन्द्र र नेपाली कांग्रेस सिन्धुपाल्चोकले साधारण सदस्यतासमेत नरहने गरी निष्कासन गरिएको घोषणा गर्दै विज्ञप्ति जारी गरेका थिए ।

लामा पुनः कांग्रेसमा फर्केपछि आफू तरुण दलको अध्यक्ष नै भइरहेको दाबी गरेका थिए ।
सुकुटेमा भएको छलफलपछि चौतारामा पत्रकार सम्मेलन गरी नयाँ समितिको सार्वजनिक गरिएको हो । युवा नेता प्रमोद लामाको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति गठन भएको हो ।

समितिको उपाध्यक्षमा राज गुरुङ, अर्का उपाध्यक्षमा निरन्जन खड्का, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः निरज नेपाल, रामशरण भण्डारी र राजकुमार भण्डारी रहेका छन् । त्यस्तै, सदस्यहरुमा विकाश श्रेष्ठ, राजकुमार कार्की, कविता गुरुङ, प्रेमलाल तामाङ, भगवती कार्की, रविन्द्र दर्नाल लगायत छन् ।

२०७५ पुष २ गते प्रकाशित

प्रतिकृया दिनुहोस्