News Portal

नेपाल इञ्जिनीयर्स एशोसिएशनको अध्यक्षमा प्रा. डा. त्रिरत्न बज्राचार्य विजयी

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
३३४ पटक
काठमाडौं

पौष ३, काठमाडौँ – नेपाल इञ्जिनीयर्स एशोसिएशनको नयाँ नेतृत्वका लागि ३२ औँ कार्यकारिणी समितिको निर्वाचनमा प्रगतिशील समूहका उम्मेदवार अत्यधिक स्थानमा विजयी भएका छन् ।

सम्पन्न मतगणनामा अध्यक्षमा चार हजार ८९९ मत ल्याई प्रगतिशील समूहका प्रा डा त्रिरत्न बज्राचार्य विजयी हुनुभएको छ । आज सम्पन्न मतगणनामा उहाँले लोकतान्त्रिक समूहका हिरण्यमान प्रधानलाई पराजित गर्दै विजयी हुनुभएको हो । प्रधानले चार हजार ४८६ मत ल्याउनुभयो । यस्तै उपाध्यक्षमा आशिष घिमिरेले चार हजार ६३४ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी डा चण्डिकाप्रसाद भट्टले चार हजार ६११ मत प्राप्त गर्नुभयो ।

महासचिवमा छविराज पोखरेल विजयी हुनुभएको छ । पोखरेलले चार हजार ८४५ मत ल्याउनुभएको छ । उहाँका प्रतिद्वन्द्वी अभिमन्युलाल सिंहले चार हजार ४१७ मत प्राप्त गर्नुभयो । यसैगरी उपमहासचिवमा प्रगतिशील समूहकै कपिल आचार्यले चार हजार ७६८ मत ल्याउँदा उहाँका प्रतिद्वन्द्वी अशोककुमार साहले चार हजार ४१० मत प्राप्त गर्नुभयो । कोषाध्यक्षमा रामएकवाल यादवले चार हजार २२७ मत ल्याई विजयी हुनुभयो । उहाँका प्रतिद्वन्द्वी अपिल केसीले तीन हजार २५७ मत प्राप्त गर्नुभयो ।

सहकोषाध्यक्षमा प्रगतिशीलकै चाँदमाला श्रेष्ठले चार हजार ६५४ मत प्राप्त गरी विजयी हुँदा लोकतान्त्रिक समूहका जानुका थापाले चार हजार ५२४ मत प्राप्त गर्नुभएको निर्वाचन समितिका सदस्य मदन तिमिल्सिनाले जानकारी दिनुभयो । सदस्यमा प्रगतिशील समूहका चार सदस्य विजयी हुनुभयो । उहाँहरुमा छवि अधिकारी, प्रताप सापकोटा, दिलीपकुमार विश्वकर्मा, गजेन्द्रकुमार झा हुनुहुन्छ ।
रासस

२०७५ पुष ३ गते प्रकाशित

प्रतिकृया दिनुहोस्