News Portal

बसुन्धरामा सवारी दुर्घटना : रामेछापका एक युवकको मृत्यु, एकजना घाइते

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२६५ पटक
काठमाडौं

पुस ४ , काठमाडौं – काठमाडौंको बसुन्धारामा आज बिहानै भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने अर्को एकजना घाइते छन् ।

मृत्यु हुनेमा स्कुटर चालक बसुन्धारा बस्ने रामेछाप देउराली–४ का १७ बर्षीय अनिल श्रेष्ठ रहेका छन् । उनको उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगंजमा बिहान सवा ३ बजे मृत्यु भएको हो । दुर्घटनामा घाइते भएकी स्कुटर पछाडी सवार अनिलकी आमा ३७ बर्षीया भगवती श्रेष्ठको अवस्था सामान्य रहेको र उनको सोही अस्पतालमै उपचार भइरहेको महानगरीय प्रहरी वृत्त महाराजगंजले जनाएको छ ।

आज बिहान ३ बजे बा९७प ७८३७ नम्बरको स्कुटर बा४च  ६८४८ नम्बरको भ्यानमा ठोकिएको थियो । भ्यान चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

२०७५ पुष ४ गते प्रकाशित

प्रतिकृया दिनुहोस्