News Portal

यस्तो छ आजको राशिफल

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२६० पटक
काठमाडौं

पौष ५, काठमाडाैं – पञ्चाङ्ग वि.सं. २०७५ साल पुस ५ गते। बिहीबार। इश्वी सन् २०१८ डिसेम्बर २० तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। नेपाल संवत् ११३९ थिंलाथ्व। मार्ग शुक्लपक्ष। तिथि– त्रयोदशी, २७:०३ बजेउप्रान्त चतुर्दशी। नक्षत्र– कृत्तिका, २६:१३ बजेउप्रान्त रोहिणी। योग– सिद्ध, १८:५४ बजेउप्रान्त साध्य। करण– कौलव, १५:३१ बजेदेखि तैतिल, २७:०३ बजेउप्रान्त गर। आनन्दादिमा लुम्ब योग। चन्द्रराशि– मेष, ८:२४ बजेउप्रान्त वृष। काठमाडौंमा सूर्योदय– ६:५१ बजे, सूर्यास्त– १७:११ बजे र दिनमान २५ घडी ५० पला। प्रदोष व्रत।

हाम्रा सेवा सुविधाका बारेमा बुझ्न 9841405073 मा सम्पर्क गर्नु हाेला ।
ज्याेतिष विज्ञान अनुसन्धान केन्द्र, काठमाडाैं

मेष– गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । सहयोगीहरूले पनि काममा साथ दिनेछन्।

वृष– परिश्रम परे पनि समय निकै फलदायी रहनेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन्।

मिथुन– रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ ।

कर्कट– विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ तर स्वास्थ्यमा सजक रहनु होला ।

सिंह– काम बिग्रने डरले सताइरहनेछ। बेसुरमा वचन दिनाले दुःख पाइनेछ। महत्वाकांक्षी योजना गोप्य राख्नुहोला ।

कन्या– साझेदारीमा समस्या आउनुका साथै पहिलेको सम्झौता भंग हुन सक्छ । अरूको फाइदाका लागि उपयोग भइएला ।

तुला– शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ ।

वृश्चिक– विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्। पठन–पाठनमा प्रगति हुनेछ ।

धनु– कृषिमा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन गर्ने मौका छ । प्रतिस्पर्धाले फाइदा दिलाउनेछ ।

मकर– सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ ।

कुम्भ– मनको डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ। सजिलै काम बन्नाले उत्साह जाग्नेछ ।

मीन– तपाईंलाई अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन् । मनग्य धन आर्जन होला। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ ।

बिशेष काम गर्ने राम्रो समय बिहान 11:53 देखि 12:53 सम्म छ, यो समय चन्द्र होराको हो / अन्तिमको केहि समय अभिजित मुहूर्तको पनि पर्छ । ज्योतिष शास्त्रमा यी चन्द्र होरा र अभिजित मुहूर्त शुभ कामका लागि धेरै नै राम्रो मानिन्छन /

राहु काल दिउँसो 1:17 देखि दिउँसो 02:34 सम्म छ । यो समयमा बिशेष सावधानी अपनाउनु होला । राहु कालमा सुरु गरिएका पूजा पाठ आदि, शुभकामले कुनै फल दिदैन र व्यवशाहिक वा सामाजिक कामले पछी सम्म बाधा दिन्छ, मुद्दा मामिला हुन सक्छ, विवाद उत्पन्न हुन सक्छ भनि ज्योतिष शास्त्रमा बताईएको छ /

मुंग, तिल वा यीबाट बनेका खाने कुरा खाएमा दिमाग सृजनशील बन्छ, गर्भवती महिलाको सन्तान तन्दुरुस्त जन्मन्छ, यात्रामा गए यात्रामा हुने शूलको दोष कम हुन्छ । शूल भनेको तपाई आज यात्रामा जाने दिशा पट्टि कुनै दुर्घटनाको सम्भावना भएमा त्यो शूल संग सम्बन्धित दोष रहदैन सोचेको राम्रो काम अवस्य बन्नेछ /

कुनै बिशेष यात्रामा निस्कदा केहि पश्चिम वा उत्तर दिशाबाट यात्रा सुरु गर्नु भए राम्रो हुनेछ । घरबाट केहि बेर त्यो दिशा जानु त्यहाँ मन्दिर भए दाहिने परिक्रमा गर्नु अनि यात्रामा जानु त्यो नभए पूजित बिरुवा तुलसी, बर पिपल वा अन्य कुनै बिरुवामा पनि हाल्नु अनि यात्रामा जानु त्यो नभए माग्ने मान्छे वा साना केटाकेटीलाई केहि खानेकुरा खान दिएर खुशी बनाइ यात्रामा जान सके यात्रामा हुने अपशकुनहरु जस्तै बिरालोले बाटो काट्नु, जुत्ता चप्पल उल्टा देखिनु आदी कुराको दोष कम हुन्छ यात्रा अवस्य सफल हुनेछ ।

सहित जुरेका कामहरु बिद्या, नया लुगा लाउन, धार्मिक कार्य, यात्रारम्भ, औषधी निर्वाण, गहना लाउने, लामो समय सम्म रहिरहने स्थिर कर्म जस्तो, घर बनाउने, बिउ छर्ने फुल बोटबिरुवा रोप्ने काम, पितृ कार्य गर्न आजलाई राम्रो छ /

२०७५ पुष ५ गते प्रकाशित

प्रतिकृया दिनुहोस्