मोटिभेटन्यूज संवाददाताकाठमाडौं

काठमाडाैँ- नायिका रेखा थापाको निर्माण तथा निर्देशनमा बनेकाे चलचित्र ‘मालिका’को शिर्ष गीत सार्वजनिक भएको छ । ‘सर सर हावा वहन्छ कता’ बोलको गीतमा आस्था राउतको स्वर, सुरेश अधिकारीको शब्द तथा संगीत छ ।
नारी प्रधान फिल्मकाे गीतले एक किशोरीको जीवनका दुर्इ पाटोलाई प्रस्तुत गरेको छ । बालबिवाहमा परेकि बालिकालार्इ समाजले हेपेकेा देख्न सकिन्छ भने साेही गीतमा उनी साहसिक र अाँटिली भएकाे पिन देखाएकाे छ ।
नर कार्की कार्यकारी निर्माता रहेको यो चलचित्रलाई सरस्वती थापाले निर्माण गरेकी हुन् । नर कार्की र रेखा थापाको कथा रहेको चलचित्रमा शिवम् अधिकारीको पटकथा, बनिष शाहको सम्पादन छ । फिल्म तिहारमा रिलिज हुदैँछ ।
हेर्नुस् भिडियाे
२०७५ भदौ ५ गते प्रकाशित
