News Portal

पत्रकार बजगाईंको नयाँ पुस्तक सार्वजनिक

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
१७० पटक
काठमाडौं

काठमाडौं । । पत्रकार लक्ष्मण बजगाईंको १६औं पुस्तक ‘यसो गरे कसो होला ? विमोचन गरिएको छ । राजधानीमा हिजो पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले उक्त पुस्तकको विमोचन गरेका हुन् ।

पुस्तक विमोचन कार्यक्रमका पूर्वमन्त्री पोखरेलले पत्रकार बजगाईंले लेखेको पुस्तक राज्यको लागि प्रतिपक्षका रुपमा आएको बताए । लक्ष्मण बजगाईंले १६औं पुस्तकका रुपमा ल्याउनुभएको पुस्तक यसो गरे कसो होला ? पुस्तक निक्कै महत्वपूर्ण छ । उनले अघि थपे ,‘मुलुकको चिन्ता, चासो, जनताको सुरक्षाजस्ता हुटहुटीहरु यस पुस्तकमा लेखिएका छन् । हरिओम वालमुन्दाय नम रियल स्टेट प्रालिले आयोजना गरेको पुस्तक विमोचन कार्यक्रममा लेखक बजगाईले मुलुमलाई समृद्धितर्फ अघि बढाउन सरकार र जनताहरु जिम्मेवार भएर प्रस्तुत हुनुपर्ने धारणा राखे ।

पुस्तकका बारेमा बोल्दै बजगाईंले भने ,‘मैले यस पुस्तकमा २७ वटा उप–शीर्षकमा लेखेको छु, आर्थिक अनियमितता, विकास निमार्णका कामहरुमा ढिलाई, भ्रष्टचार न्युनिकरणका बारेमा, ठेकदारी प्राणालीले विकास निर्माणका कामहरुमा ढिलाएका विषयहरुलाई साधारण सम्पादकीय रुपमा लेखेको छु ।

 


कार्यक्रममा वरिष्ठ पत्रकार हरी लम्साल, कान्तिपुर टेलिभिजनका पत्रकार विकास थपलिया, नेपाल पत्रकार महासंघ काठमाडौ शाखाका सचिव मोहनप्रसाद पन्तलगायतले पुस्तकका बारेमा आफ्ना धारणा राखेका थिए ।

२०७५ पुष ५ गते प्रकाशित

प्रतिकृया दिनुहोस्